FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • संकलन केन्द्रमै जडिबुटी अलपत्र

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    प्युठानका ग्रामीण समुदायको प्रत्यक्ष आम्दानीको स्रोत जडिबुटी अलपत्र परेका छन् । लाखौंको मूल्यमा खरीद भएको तेजपात र दालचिनी बन्दाबन्दीले बिक्री नभएपछि संकलन केन्द्रमै दुई महिनादेखि थन्किएको छ ।

    स्थानीय किसानबाट प्रतिकेजी ३२ रुपैयाँका दरले खरीद गरिएको ६० क्विन्टल तेजपात र प्रतिकेजी ८५ रुपैयाँका दरले खरीद गरिएको १५ क्विन्टल दालचिनी मल्लरानी गाउँपालिका २ चुदरीखोलाको संकलन केन्द्र र स्थानीय व्यापारीको कोठामा थन्किएको छ । बन्दाबन्दीका समयमा बजार नपाउने भएपछि केही किसानले जडिबुटी संकलन नगर्दा बोटमै खेर गएको छ । बारी तथा निजी वनमा रहेका दालचिनी, काउलो, टिमुर, रिठ्ठा र चुत्रोका बोक्रा संकलन तथा बिक्री गरी स्थानीयले आम्दानी गर्दै आएका थिए । लकडाउनकै कारण सुगन्धित तथा औषधिय गुण भएका वनपैदावार सामाग्री केन्द्रमै थन्किएपछि किसान समस्यामा परेका छन । भुल्के चुदरीखोला सामुदायिक वनले निर्माण गरेको संकलन केन्द्र तथा स्थानीय व्यापारीले संकलन गरेको तेजपात र दालचिनी भण्डारमै थन्किएको संकलक नारायण बुढाथोकीले जानकारी दिनुभएको छ । गतवर्ष करीब १९० क्विन्टल तेजपात र दालचिनी बिक्री भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित