FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुखरापालन व्यावसायमा बजार र दानाको अभाव

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    लकडाउनका कारण कुखरापालन व्यावसाय धरासायी बन्दै गएको छ । लकडाउनले बजार र दाना अभाव हुन थालेपछि व्यवसायीहरु निराश बनेका छन् । बजारमा दाना नपाएर कुखुरा मर्न थालेपछि भोजपुरका अधिकांश पोल्ट्री फार्महरु रित्तिन थालेका छन ।

    व्यवसायिक कुखुरापालनमा लागेका युवा लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि संकटमा परेका हुन । यता बैंकबाट ऋण लिएर थालेको व्यवसाय लकडाउनले चौपट बनाएपछि किस्ता तिर्नसमेत समस्या भएको अजिमा पोल्ट्री फार्म टक्सारका सञ्चालक दिपक श्रेष्ठको भनाई छ । किसानले दाना खरिद गर्न नसक्दा कुखुरा मर्न थालेको छ । बजारमा दाना नभएपछि गाउँगाउँबाट मकै किनेर ख्वाइरहेको कतिपय व्यवसायीहरुले बताएका छन । लकडाउनले जिल्लाभित्र र बाहिर नै ठप्प बनाएसँगै कुखुराको माग घट्दा व्यवसाय धरासयी भएको उनीहरुको गुनासो छ । जिल्लाका करिब ३ दर्जन बढी व्यवसायिक कुखुरा, पशुपालन तथा तरकारी फार्महरु लकडाउनले ठप्प भएका छन् । लकडाउनले उत्पादित कृषि उपज सामाग्री बिक्री नभएपछि स्थानीयलाई कुहाउनु र फ्याँक्नुपर्ने बाध्यता छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित