FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बेमौसमी झरीले जाजरकोटका गहुँबालीमा क्षति

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २० पटक पढिएको
    Post Thumbnail

    बेमौसमी झरीले जाजरकोटका गहुँबालीमा क्षति पु‍र्याएको छ । भित्राउने बेलाको बालीमा पानी परेपछि जिल्लाका अधिकांश किसानको गहुँ कुहिएको छ । जिल्लाका केही स्थानमा असिनापानीले गहुँ सबै भुईमा झारेको छ । कतिपय ठाउँमा भने चिसोले गहुँ बोटमै उम्रिएको छ ।

    बेमौसमी झरीले जिल्लामा उत्पादित गहुँमा ठूलो क्षति भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । यता कृषि क्षेत्रमा किसानलाई ठूलो क्षति भएपनि क्षतिको एकिन विवरण अझै आइनपुगेको कार्यालयले जनाएको छ । जिल्लाको भेरी नगरपालिकाका रिसाङ्ग, कालेगाँउ, स्याला, मटेला, इवर, डिंगा, तिमिले, पोखरा लगायतका क्षेत्रमा क्षति पुगेको छ । यता राङ्गसी, पुन्मा, भुर, कुशेका ढिमे, दमदाला, खुर्पा, पैकसहित नलगाडका दल्ली, कैना, रोली, बगरा लगायतका ठाँउमा लगातारका बेमौसमी झरीले पाकेको गहुँ कुहिने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । काटेको गहुँ कुहिएर बोटमै उम्रेको छ भने नकाटेको गहुँ पुरै कालो भएको छ । एक हप्तासम्म आएको लगातारको वर्षाले गहुँबाली बिग्रिएको भेरी नगरपालिका २ का किसान गणेशबहादुर रोकायले जानकारी दिनुभएको छ । एक वर्षसम्म खाने गहुँ कुहिएपछि स्थानीय किसान चिन्तित भएका छन । गहुँबालीका साथै जौ, मसुरो, चना, तरकारी खेती लगायतमा लाखौको क्षति पुगेको छ । लगातारको झरीले तरकारी पनि बारीमै कुहिएको किसानहरुको गुनासो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित