FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सर्लाहीका उखु किसानले पुनःआन्दोलनको चेतावनी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    Post Thumbnail

    लकडाउनका कारण सर्लाहीका उखु किसान थप पीडित बनेका छन । धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले बक्यौता भुक्तानी नगर्दा उनीहरु मारमा परेका हुन । उद्योगीले आफुहरुको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरेपनि अहिलेसम्म नपाएको किसानहरुले गुनासो गरेका छन । त्यस उद्योगले २०७० देखि हालसम्म १२ हजार किसानको करिब ४० करोड रकम भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानहरुले उद्योगलाई चिनी बिक्री वितरणमा रोकसमेत लगाएको छ ।

    उखु उत्पादक किसान मुकेश ठाकुरका अनुसार यसअघि उद्योगले रातारात गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानीय किसानले चिनी लोड भएका चार वटा ट्रक नियन्त्रणमा लिएका थिए । त्यसयता उद्योगले केही किसानलाई थोरै रकम दिएपनि बाँकी रकम नदिएको र सबै किसानले रकम नपाएको भन्दै उनीहरुले उद्योग विरुद्ध आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन । लकडाउनको समयमा किसानको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्य रूपमा चिनी लैजान खोज्दा किसानहरुले ट्रकलाई नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन । गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योगले पनि गतवर्षको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय किसान ठाकुरले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित