- Loading...
स्ट्रबेरीलाई बजारको समस्या
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा परेको छ । त्यसमध्ये सबैभन्दा बढी कृषि क्षेत्रमा प्रभाव परेको छ । किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा उनीहरु पीडित बनेका छन ।


ललितपुरको गोधावरी नगरपालिकाको लेले क्षेत्रमा लगाइएको स्ट्रबेरीले समेत बजार नपाएको स्थानीय किसान कृष्णगोविन्द महर्जनले जानकारी दिनुभएको छ । उहाँका अनुसार ठूलो लगानी गरेर लगाइएको स्ट्रबेरीले बजार पाएका छैनन । लकडाउनका कारण स्ट्रबेरी बारीमै कुहिन थालेको छ । यसअघि किलोको आठ सय रुपैयाँसम्ममा बेच्दै आएको स्ट्रबेरी अहिले बजार नपाएपछि सय रुपैयाँमा बेच्न बाध्य भएका छन् । यता ग्रामीण वस्तीका कृषि क्षेत्रका अन्य काममा भने किसानलाई लकडाउनले सामान्य असर गरेको छ । कतिपय ठाउँमा भने आलु खन्नेदेखि गहुँबाली भित्राउने सम्मका काममा किसान व्यस्त देखिएका छन् । ललितपुरको लेले क्षेत्रका किसान पनि यतिबेला खेतीपातीमा व्यस्त भएको पाइउको छ ।

