FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अलैँचीमा नयाँ प्रकारको किराको प्रकोप

    • कृषि टि.भी.
    • २ साल अघि
    • १० पटक पढिएको
    Post Thumbnail

    पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि स्थानीय किसान चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यसवर्ष अलैँचीको सबै पात खाएपछि बगान सुक्न थालेको छ ।

    गतवर्ष केही बोटमा देखिएको उक्त प्रकोपले यसवर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको हो । अलैँचीको पातमुनि बसेर पात खाने किरा, रातको समयमा बढी सक्रिय हुने कृषि प्राविधिकहरुले बताएका छन । फागुनदेखि उक्त किराको प्रकोप शुरु हुने स्थानीयको भनाई छ । गतवर्ष नियमित वर्षा भएकाले किराको प्रकोप सामान्य रहेकोमा यसवर्ष भने अलैँची बगान नै सखाप पारेको याङवरक–२ का अलैँची किसान प्रेमराज योङहाङले जानकारी दिनुभयो । यतिबेला सोही किराले अलैचीमा ल्याएको महामारीले स्थानीयवासी पिडित बनेका छन् । आफ्नो करिब २०० रोपनी क्षेत्रफलमा लगाएको अलैँचीको बगान सुकेर गएको अर्का किसान समीर बेघाको भनाई छ । प्रकोप शुरु भएको केही दिनमै सयौँ रोपनी क्षेत्रफलमा रहेकोे अलैँची बगान सुकेर गएको छ । किराले पातपछि डाँठ र फूलसमेत खाएपछि त्यस क्षेत्रका अलैँची बोटमै मर्न थालेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित