FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मोरङका किसानलाई अनुदानमा धानको बीउ बितरण

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    मोरङको सुन्दरहरैंचा नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बितरण गरेको छ । लकडाउन लम्बिए पनि नगर क्षेत्रका किसानहरुलाई बजार मुल्यभन्दा सहुलियत तथा अनुदानमा विउ वितरण गरेको हो । कृषकलाई लकडाउनले त्यतिकै सताएको अवस्थामा अर्कोतर्फ समयमै मल बीउ बिजन पाउन सकिरहएको छैन ।

    लकडाउनका कारण देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषि कर्ममा समेत अवरोध आउँदा खाद्य संकट समेत निम्तिन सक्नेतर्फ सचेत हुँदै सरकारले कृषि क्षेत्रका काम सुचारु गराउने निर्णय गरेको छ । कृषकको समस्यालाई मध्यनजर गर्दै सुन्दरहरैंचा नगरपालिकाले विभिन्न जातको १२ किसिमको उन्नत बिउ धान ३ सय ३८ बोरा बितरण गरेको छ । जम्मा ६ लाख ८० हजार ८ सय ६५ रुपैयाँ खरिद गरेको धानको बिउमा कृषकको ३ लाख ४० हजार ४ सय ३३ रुपैया परेको थियो भने ढुवानी खर्च २६ हजार गरि अन्य रकम नगरले ५० प्रतिशत अनुदान दिएको हो । नगरले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा १२ भन्दा बढी जातका धानको बीउ वितरण गरेको छ । जसमा कान्छी मन्सुली, साम्भा मन्सुली, गरिमा मन्सुली, संवरण सब, महिमा, लल्का बास्मती, सुखा ३, कालो नुनिया, राधा १२, राम, रन्जित धान लगायत रहेका छन् । नेपालको मुख्य बाली धान खेतिको समय सुरु भएसँगै मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रका किसानहरुलाई उन्नत जानको धानको विउ वितरण गरेको छ । सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङले कृषकहरुलाई धानको विउ हस्तान्तरण गर्नुभयो । अब छिट्टै नै नगरबाट नै माटो परिक्षण हुने नगरपालिका उप प्रमुख धनमाया तमाङ्ग्ले बताउनुभयो । बजार भन्दा सहुलियत मुल्यमा पाएका किसान खुसी हुँदै आफ्नो प्रतिकृया यसरी ब्यक्त गर्नुहुन्छ । ठुल्ला किसानको लागि नगरबाट बितरण गरेको थियो भने अन्य साना किसानकालागी वडा वडाबाट बितरण गरेको हो । भने यश बारे नगरका कृषि शाखा प्रमुख फणीन्द्र प्रसाद भट्टराई बताउनुहुन्छ । अधिकांश किसानले परम्परागत तरिकाले धान खेति गरिरहेको अवस्थामा सुन्दरहरैंचा नगरपालिकाले अनुदानमा उन्नत जातको धानको विउ वितरण गरेपछि धानको उत्पादन बढ्ने अपेक्षा गर्न सकिन्छ । तर यसका लागि उन्नत विउ मात्र पर्याप्त छैन । तसर्थ स्थानीय तहले मलखाद समेत पर्याप्त उपलब्ध गराउन आवश्यक छ भने सिचाईं तथा अन्य रोग किरा नियन्त्रणमा पनि ध्यान दिन आवश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित