FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गरिमा पिडित किसानलाई राहत दिने तयारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    अघिल्लो वर्ष गरिमा नामक भारतीय उन्नत धानको बिउ रोप्दा नोक्सानी बेहोरेका किसानले राहत पाउने भएका छन् । तर नोक्सानीको तुलनामा किसानको हातमा पर्ने राहत रकम निकै कम रहेको छ । चितवनको राप्ती नगरपालिकाले आइतबार सूचना प्रकाशन गरी नोक्सान भएको विवरण टिपाएका किसानहरुले सम्बन्धित वडा कार्यालयबाट रकम बुझ्न अनुरोध गरेको छ ।

    राप्तीमा गरिमा धानको नोक्सानी बेहोरेका किसानलाई क्षतिपूर्ति दिन ३७ लाख ४२ हजार रुपैयाँ संघीय सरकारबाट प्राप्त भएको मेयर प्रभा बरालले जानकारी दिनुभयो । उक्त नगरपालिकाले प्रतिकट्ठाका दरले समान रुपमा रकम बाँड्ने जनाएको छ । त्यसअनुसार प्रतिकट्ठा ६ सय १९ रुपैयाँका दरले किसानको हातमा रकम पर्ने नगरले बताएको छ । तर उक्त रकम पिडित किसानहरुका लागि अति कम भएको स्थानीयले बताएका छन् । कृषि ज्ञान केन्द्र चितवनले भने बिउको गुण अनुसार प्रतिकट्ठा ५ हजार १ सय १६ रुपैयाँ बराबरको धान फल्ने विश्लेषण गरेको थियो । अहिले दिन लागेको राहत भने उत्पादनको आधारमा नभई लागत मूल्य निर्धारण गरी किसानलाई रकम दिन लागेको नगरपालिकाले जनाएको छ । यता कृषि ज्ञान केन्द्रले राप्तीमा उत्पादन लागत प्रतिकट्ठा ३ हजार ६ सय ३५ रुपैयाँ कायम गरेको छ । तर नगरपालिकाले त्यसभन्दा पनि कम लागत मूल्यका आधारमा किसानलाई राहत दिने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित