- Loading...
काक्रा बिक्री नभएपछि बारीमै कहियो
- कृषि टि.भी.
- २ साल अघि
- १२ पटक पढिएको

किसानले उत्पादन गरेको कृषिजन्य बस्तु बिक्री नभएपछि बारीमै कहिन बाध्य भएका छन । तर पनि उनीहरुको पिडाप्रति सरकारको ध्यान अझैसम्म जान सकेको छैन । यता मुलुकमा तीन तहका सरकार भएपनि कृषि क्षेत्रलाई सरकारी नजर नपुग्दा किसानले उत्पादन गरेको त्यस्ता बस्तुले बजार नपाउन नसकेको हो ।


किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम सरकारले ल्याएपनि उनीहरुले पाउन सकेका छैनन । कतिपय किसानले पाएपनि त्यस्ता अधिकांश कार्यक्रम राजनीतिक दलका नेता तथा मन्त्रीका नजिककाले पाउने गरेको यथार्थ छ । अधिकांशजसो किसानले उत्पादन गरेको कृषिउपजले बजार नपाउदा खेतबारीमै नष्ट हुदै आएको छ । बाँकेको डुडुवा गाँउपालिका ६ स्थित वल्दिपुर र महान्तपुरका किसानले उत्पादन गरेको काँक्राले पनि बजार पाउन नसकेको हो । लकडाउनका कारण आफुहरुको तएपादनले बजार नपाएपछि प्रतिक्वीन्टल ३ सय रुपैयाँमा बिक्रि गर्न बाध्य भएको महान्तपुरका किसान सलिम सेखले बताउनुभयो । उहाका अनुसार व्यापारीहरु खरिद गर्न खेतमै आएपनि काँक्राको उचित मुल्य दिएका छैनन । अहिले किसानहरुले १ क्वीईन्टल काँक्रा बिक्रि गर्दा १० ग्राम काँक्राकै बिउ किन्न नसकेको डुडुवा गाँउपालिकाका किसानहरुले बताएका छन । स्थानीय किसान हरकेश यादवका अनुसार नेपालगन्ज बजारमा भने प्रतिकेजी १० रुपैँयामा बिक्रि भईरहेको छ । तर बिचौलियाहरुले भने सस्तो मुल्यमा किसानबाट किन्ने गरेका छन । सस्तो मुल्यमा आफुहरुले उत्पादित बस्तु बिक्री गर्दा लगानी समेत गुमेको किसान यादवले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले गत चैत्र २६ गतेदेखि रानी तलाऊ तरकारी बजार बन्द गरेपछि किसानहरुलाई तरकारी बिक्रि गर्न अप्ठयारो परेको छ ।

