- Loading...
प्लटिङका कारण बाँझो जग्गामा खेती गर्न शुरु
- कृषि टि.भी.
- २ साल अघि
- ९ पटक पढिएको

चितवनमा प्लटिङका कारण सयौं हेक्टर जमिन बाँझो बनेको छ । अनुत्पादक रुपमा बसेको जमिनलाई खेतीयोग्य बनाउने नीति स्थानीय सरकारले लिन थालेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्रका भूमिहीन सुकुम्वासीहरुलाई बाँझो जमिनमा खेती गरेर उब्जाउ गर्ने नीति लिएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाँझो जमिन जोतेर सामूहिक खेती सुरु गर्न थालिएको छ ।


नगरपालिकाको वडा नं. १४ पिठुवामा विगत एक दशकदेखि बाँझो रहेको करिब ३० विगाहा जग्गा जोतेर खेती गर्न सुरु गरिएको वडाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । जग्गा व्यवसायीले प्लटिङ गरेको र लामो समयसम्म खेती नगरेको तथा सार्वजनिक जग्गामा खेती गर्न सुरु गरिएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । यता सामूहिक खेतीका लागि विपन्न वर्गको समूह बनाइएको छ । सोही आधारमा जग्गा बाँडफाँट गरि निश्चित समयका लागि खेती गर्न पाउँने भएका छन् । सामूहिक खेती गर्न उक्त वडाभित्रका करिब ३०० परिवार राजी भएपछि ५० वटा समूह बनाइएको छ । नगरपालिकाले बाँझो जमिन जोत्नको लागि तेल खर्चका साथै मकै र बोडीको बीउ उपलब्ध गराएको छ । खेती गर्न निःशुल्क जग्गा, बीउ र जोत्न तेल खर्चसमेत स्थानीय सरकारले उपलब्ध गराएपछि विपन्न समुदाय उत्साहित भएका छन् ।

