- Loading...
अखाद्य वस्तु बिक्री गर्दै बाजुराका व्यापारी
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

बाजुराका अधिकांश बजारमा म्याद नाघेका खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ । घरेलु साना उद्योग विकास समिति बाजुराको नेतृत्वमा गरिएको अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तु फेला परेको अनुगमन टोलीका सदस्य कोष लेखा नियन्त्रण कार्यालयका लेखापाल धनबहादुर थापाले जानकारी दिनुभयो ।


जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, नागरिक समाज, पत्रकार र सुरक्षाकर्मी सहितको अनुगमन टोलीले जिल्लाका डाब बजार, बेतालमाडौं, रिठा, र बाम्का बजारमा म्याद नागेका खाद्यवस्तु फेला पारेको जनाएको छ । लकडाउनको समयमा कालोबजारी बढेको जनगुनासो आएपछि बजार अनुगमन गरिएको थियो । अनुगमनमा फेला पारेका त्यस्ता खाद्यवस्तुलाई नष्ट गरेको घरेलु तथा साना विकास समितिका प्रमुख मानबहादुर चाटले वताउनुभयो । अनुगमन गरिएका अधिकांश पसलमा अखाद्य वस्तु फेला परेका छन् । अनुगमनबाट पिठो, चाउचाउ, बिस्कुट, सिन्चुरी मसलासहित चनाको पिठो, तेल, पेयपदार्थ, चक्लेट लगायतका सामाग्री बरामत गरिएको टोलीले जनाएको छ । पिठोमा किरासमेत लागेको पाइएको छ । प्रायजसो सामानमा म्याद नाघेका र केही सामानमा ढुसीसमेत लागेको पाइएको अनुगमन टोलीले बताएको छ । ठूलो परिमाणमा अखाद्य वस्तु पाएपछि प्रशासनबाट त्यस्तो अखाद्य सामान नबेच्न व्यापारीहरुलाई आग्रह गरेको छ । अनुगमनमा सबै भन्दा बढी पिठोमा किरा लागेको र बिस्कुट म्याद नागेको पाइएको छ ।

