- Loading...
दैनिक ३ लाख लिटर दूध खेर
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको

लकडाउनका कारण दैनिक तीन लाख लिटर दूध खेर जाँदा दैनिक डेढ करोड रुपैयाँ नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन् । सोमबार सङ्घीय संसद्को अर्थसमितिको बैठकमा सहकारी अगुवाहरूले उत्पादन बिक्री नहुँदा निकै समस्या भएको बताएका छन् ।


कोराना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण सहकारी क्षेत्र निकै प्रभावित भएको राष्ट्रिय सहकारी महासङ्घ नेपालले जनाएको छ । लकडाउन खुलेपछि पनि तरलताको अभावले अधिकांश सहकारी समस्यामा पर्ने महसङ्घको दाबी छ । यसअघि पनि महासङ्घले अर्थ, कृषि र भूमि सुधार मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ । संसदीय समितिको बैठकमा महासङ्घले आफूहरूको समस्याबारे ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष मीनराज कँडेलले बताउनुभयो । उहाँका अनुसार खासगरी कृषि तथा बचत सहकारी सस्ंथा मारमा परेका छन । उत्पादन बिक्री नभएपछि बैङ्कको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा सदस्यहरू पुगेका छन् । महासङ्घका अनुसार दूधमा दैनिक डेढ करोड रुपैयाँ नोक्सानी हुदै आएको छ । यता दैनिक रुपमै ६ लाख किलो चिया खेर गएको छ भने दुई हजार मेट्रिकटन मह उत्पादन रोकिएको छ ।

