FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धनकुटामा पनि फौजी किराको प्रकोप

    • कृषि टि.भी.
    • २ साल अघि
    • ७ पटक पढिएको
    Post Thumbnail

    धनकुटाको महालक्ष्मी नगरपालिकामा किसानले लगाएको मकैबालीमा फौजी किराको संक्रमण देखिएको छ । नगरपालिकाको विभिन्न वडाको पाँच सय रोपनी भन्दा बढी जग्गाको मकैमा फौजीको प्रकोप देखिएको हो । त्यस नगरपालिकाको वडा नं.४ स्थित सिकर कटेरी, वडा नं. ५ को बगर, मेलाङचुङ, वडा नं. ६ को काफ्ले, आरबोटेलगायत क्षेत्रमा अमेरिकन फैजी किराको संक्रमण बढी फैलिएको छ ।

    त्यस्तै सोही नगरपालिका–३ का किसानले लगाएको मकैमा सेमिलोपर प्रजातिको किराको प्रकोप देखिएको छ । उक्त दुवै प्रजातिका किराले महालक्ष्मी नगर क्षेत्रका सयौँ रोपनीको मकैबाली नष्ट गरेको हो । संक्रमण तीव्र रूपमा बढ्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि निःशुल्क रूपमा किसानलाई कीटनाशक विषादी वितरण गर्न सुरु गरेको नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिनुभयो । उहाका अनुसार बालीमा संक्रमण फैलिन नदिन गाउँगाउँमा कृषि प्राविधिक पठाएर किरा नियन्त्रणको प्रयास गरिएको छ । फौजीले मकै नष्ट गर्न थालेको किसानबाट गुनासो आएपछि नगरपालिकाको समन्वयमा बाली संरक्षण प्रयोगशाला विराटनगर र कृषि ज्ञान केन्द्र धनकुटाको कृषि प्राविधिकसहितको टोली गाउँमा पुगेर बालीको निरीक्षण गरेको थियो । सोही टोलीको सिफारिसमा किटनाशक विषादी वितरण गर्न थालिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित