FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • करोडौ मुल्यका माछा पोखरीमै थन्कियो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । लकडाउनका कारण किसानले उत्पादन गरेका माछासमेत बिक्री भएका छैनन् । स्थानीयले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन ।

    सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् । करीब एक हजार क्विन्टल माछा बिक्री नभएर पोखरीमै रोकिएका छन् । लकडाउनकै कारण माछा बिक्री हुने होटेल तथा रेष्टुरेन्ट र हाटबजार समेत नचलेपछि माछा पोखरीमै रहेका छन् । बिक्रीयोग्य माछालाई दाना खुवाइ रहनुपर्दा खर्च बढेसँगै गोदाममा भएको दाना समेत सकिन थालेको बढैयाताल गाउँपालिका–५ का किसान तथा माछा ब्लक समितिका अध्यक्ष भक्तराम थारुले जानकारी दिनुभयो । अध्यक्ष थारुका अनुसार पोखरीमा राख्न पहुँचवालाले गाडी पास बनाएर भुरा ल्याए पनि साना किसानले पाउन सकेका छैनन् । जिल्लाको बढैयाताल गाउँपालिका माछापालन पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । उक्त क्षेत्रमा सात सय हेक्टर पोखरीमा ७० किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । यता ठाकुरबाबा नगरपालिकामा करीब एक हेक्टर र बारबर्दिया नगरपालिकामा करीब २० बिघा पोखरीमा माछापालन गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित