- Loading...
बाँकेका किसानलाई किट्नाशक विषादीको अभाव
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको

लकडाउनका कारण मुलुकभरका किसानले सास्ती खेप्नुपरेको छ । त्यसमध्ये पनि प्रदेश ५ का किसानले उत्पादन गरेका तरकारी बिक्री नभएपछि उनीहरु मारमा परेका छन । तरकारी बालीका लागि आबश्यक किट्नाशक विषादी नपाँउदा स्थानीयलाई संकट परेको छ । उनीहरुले उत्पादन गरेको तरकारी बजारीकरण गर्न सरकारले कृषि एम्बुलेन्स सञ्चालन गरेपनि उत्पादन अनुसार बिक्री हुन सकेको छैन् ।


यता बाँकेका किसानले लगाएको तरकारी बालीलाई समयमा किट्नाशक नपाउदा तरकारीका विरुवा बारीमै सुकेको खजुरा गाँउपालिकाका किसान लालबहादुर खत्रीले जानकारी दिनुभयो । लकडाउनपछि विषादी अभावमा विरुवा सुक्दै गएको स्थानीयको भनाई छ । यता १० ओटा टनेलमा लगाएको करेलाका विरुवा सुकेपछि १० लाख बाराबरको नोक्सानी भएको किसान खत्रीको गुनासो छ । तर यसअघि उत्पादन गरेका तरकारी बजारीकरण गर्न नसकेर कतिपय बारीमै कुहिएको छ । भारतबाट आउने तरकारी सस्तो र स्वदेशी उत्पादन महंगो भएपछि बजार पाउन नसकेको उनीहरुको भनाई छ । यस्तै केही दिनयता भारतीय तरकारीमा रोक लगाएपछि केही राहत मिलेको किसानहरुले बताएका छन ।

