FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुखुराको चल्ला बिक्री बढ्दै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    Post Thumbnail

    पछिल्लो समय लकडाउन केही खुकुलो भएसँगै किसानले खोरमा कुखुराका चल्ला राख्न थालेका हुन् । केही दिनयता दानाको कच्चा पदार्थको मूल्यमा पनि भारी गिरावट आएको छ । त्यससँगै दाना उद्योगहरूले दानाको मूल्यसमेत घटाउन थालेका छन् । जिउँदो कुखुराको मूल्य पनि बढेपछि किसानले चल्ला राख्ने क्रम बढेको हो ।

    नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार गत आइतबार उत्पादन भएका सबै चल्ला बिक्री भएका छन् । सामान्यतया ह्याचरीले आइतबार र बुधबार चल्ला निकाल्ने गरेका छन् । अध्यक्ष पोखरेलका अनुसार आइतबार २५ रुपैयाँको हाराहारीमा ब्रोइलर, ८० रुपैयाँमा लेयर्स र ५० रुपैयाँमा कलर ब्रोइलर चल्ला बिकेका छन । अहिले सातामा ब्रोइलर चल्ला २५ देखि ३० लाख, लेयर्स एक लाख ३० हजार र कलर ब्रोइलर दुई लाख हाराहारीमा उत्पादन हुँदै आएको छ । लकडाउन अघि ब्रोइलर चल्ला ३५ लाख उत्पादन हुने गरेको थियो । हाल जिउँदो कुखुराको मूल्य २०० देखि २१० रुपैयाँमा बिक्री हुन थालेको छ । नेपाल पोल्ट्री महासंघका उपाध्यक्षसमेत रहनुभएका पोखरेलले लकडाउनसँगै दैनिक चल्लामा तीन करोड ४५ लाख ७० हजार रुपैयाँ नोक्सान बेहोर्नुपरेको बताउनुभयो । ४८ दिनसम्म चल्ला पुर्नुपर्दा एक अर्ब ६५ करोड ९३ लाख ६० हजार रुपैयाँको हाराहारी प्रत्यक्ष नोक्सानी भएको उहाको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित