- Loading...
दाङको घोराहीमा अझै उखु बिकेन
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँका किसानलाई अहिले उखुको समस्या बल्झिएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि स्थानीय चिन्तित भएका हुन् ।


गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म पनि बिक्री नभएको स्थानीय डम्बर बुढाले बताउनुभयो । गैरागाउँका अधिकांश किसानले करिव पाँच वर्ष अघिदेखि जुस उत्पादन गरी बिक्री गर्दै आएका छन । त्यहाँ उत्पादित जुस जिल्लाका विभिन्न बजार तथा अन्य छिमकी जिल्लाको बजारमा समेत बिक्री गर्दै आएका थिए । तर यतिबेला लगातारको लकडाउनले उनीहरुलाई बारीमै उखु सुक्ने चिन्ताले सताएको छ । यता प्रतिकिलो पाँच रुपैयाँका दरले चिनी उद्योगले उखुको मुल्य दिने भएपछि आफुहरु झनै मारमा परेको उनीहरुको गुनासो छ । किसान बुढाले मात्र वार्षिक ६० हजार प्रतिबिघाको दरले आठ बिघा जमिन भाडामा लिएर उखु खेती गर्दै आउनुभएको छ । गतवर्ष दैनिक दश हजारसम्मको रस बिक्री गर्नु भएका बुढाको अहिले दिनमा मुश्किलले एक हजार रुपैयाँ मात्रै कारोवार हुने गरेको छ । वर्षौ अघिदेखि गरिएको अधिकांश ठाउँको त्यस्ता उखुखेती यसवर्ष लकडाउनले बिक्री नभएपछि खेतमै सुक्न थालेको छ ।

