FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ओखलढुंगामा लकडाउनको मौका छोपी काठ तस्करी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    ओखलढुंगामा लकडाउनको मौका छोपी सालका रुख काटिएको छ । लिखु गाउँपालिका २ सिंहदेवीस्थित बाघखोर ठूलीवन सामुदायिक वनमा वन समूहको पदाधिकारीकै मिलेमतोमा १२ बोट रुख अवैध रुपमा काटिएका छन ।

    GEDSC DIGITAL CAMERA

    स्थानीयका अनुसार वन समूहका सचिव रामकुमार बुढाथोकीको संलग्नतामा रुख कटान गरी निकासी गरेको पाइएको छ । उपभोक्ताले सालको रुख काटिएको उजुरी डिभिजन वन कार्यालयमा दर्ता गरेका छन् । समूहको निर्णय र पुर्जीबिनै सचिव बुढाथोकीले काठ काटेर चोरी निकासी गरेकाले उजुरी गरेको उजुरीकर्ता बलराम राउतले जानकारी दिनुभयो । समूहका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराए पनि छानबिन नभएपछि डिभिजन वन कार्यालयमा उजुरी दर्ता गरेको राउतको भनाई छ । यता वन समूहका अध्यक्ष विष्णु तिमिल्सिनाले भने सालको रुख काटिएको विषयमा उपभोक्ताले भनेपछि मात्रै थाहा पाएको बताउनुभयो । वन नै सखाप हुनेगरी काठ काटिएको प्रत्यक्षदर्शी उज्जन गोलेको भनाई छ । तर काठ काटेर निकासी गरेको विषयमा समूहका सचिव बुढाथोकीले भने आफुलाई आरोप मात्रै लगाइएको दाबी गर्नुभएको छ । साल काट्न आफ्नो संलग्नता नरहेको र अवैध रुपमा सालका रुख काटिएका भएपनि त्यस्ता रुख काम नलाग्ने रहेको उहाँको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित