- Loading...
तरकारी बिक्रिमा सहज
- कृषि टि.भी.
- २ साल अघि
- ९ पटक पढिएको

भारतीय सिमानाका सिल भएपछि किसानहरुलाई तरकारी बिक्रिमा सहज भएको छ । लकडाउन अघि तरकारी बिक्रि नभएका किसानलाई पछिल्लो सातादेखि तरकारी बिक्रिमा भएसँगै उचित मुल्य पाउँदा उनीहरु खुशी भएका हुन ।


बाँकेको नेपालगन्जस्थित जमुनहा नाकादेखि लकडानबीचमा पनि भारतीय तरकारी आयत हुँदा किसानहरुले सस्ती भोग्नु परेको थियो । तर केही दिनयता पुर्ण रुपले नाका सिल गरेपछि तरकारी बिक्रि गर्न र उचित मुल्य पाएपछि स्थानीय हर्सित भएका छन । खजुरा गाँउपालिकास्थित गाउँघातका किसान पदम खत्रीका अनुसार केही दिनयता तरकारी बिक्रि हुन थालेपछि तरकारी खपतमा बृद्धि भएको छ । आफुले उत्पादन गरेको तरकारी करेला, भिन्डी, बोडी, खुर्र्सानी खरिदका लागी उपभोक्ता घरमै आएको उहाँले बताउनुभयो । लकडाउनले केहि तरकारी बालीमा किट्नाशक विषादी नपाएर सकेका छन् । कतिपय ठाउँमा भने मात्रामा उत्पादन भएका तरकारी घरबाटै बिक्रि भएको सोही गाउँका किसान लालबहादर खत्रीले बाउनुभयो । भारतीय सिमानाका खुलेका बेला स्थानीयले आयतीत तरकारीसँग प्रतिस्पर्धा गर्न नसकेपछि तरकारी उत्पादन गर्न छाडेका थिए । तर अहिले नाका सिल गरेपछि तरकारी बिक्रीमा राहत मिलेको किसान खत्रीले बताउनुभयो । बाँकेमा तरकारीले बजार पाए पनि स्वदेशी काँक्रा उत्पादक किसानहरुले सास्ती भोग्दै आएका छन । यता व्यापारीहरुले भने किसानको खेतमै पुगेर काँक्रा ३ सय रुपैँया प्रति क्वीईन्टलका दरले खरिद गर्ने गरेका छन । उक्त मुल्यमा बिक्रि गर्दा काँक्राको बिउ खरीद गरेको दाम पनि ननिस्कने किसानहरुले गुनासो गरेका छन ।

