- Loading...
बाँझो जमिनमा खेती गर्ने किसानलाई गाउँपालिकाबाट अनुदान
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो बसेको जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । कृषि व्यवसायलाई प्रोत्साहन गर्न गाउँपालिकाले सहयोग कार्यक्रम शुरु गरेको हो ।


गाउँपालिकाले स्वरोजगारीको विकास गर्दै कृषि उत्पादनमा समेत वृद्धि गर्न पालिकाभित्र रहेका बाँझो जमिनलाई उपयोगमा ल्याउन अनुदानको कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । लगातार दुई वर्ष वा सोभन्दा लामो समय खेती नगरिएको जग्गामा खेती गर्ने किसानलाई प्रतिरोपनी तीन हजार रुपैयाँका दरले पुरस्कार स्वरुप अनुदान उपलब्ध गराउँने भएको छ । त्यसका लागि पहिलो चरणमा पालिकाभित्र रहेका बाँझो जग्गाको लगत सङ्कलनको काम भइरहेको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मानिर्भर बनाउन नयाँ कार्यक्रम तय भएको अध्यक्ष भट्टको भनाई छ । उहाँका अनुसार बाली र प्रकृति हेरी प्रोत्साहन वापतको अनुदान रकम उपलब्ध गराउने गाउँपालिकाले रणनीति बनाएको छ । खाद्य र तरकारी बालीलाई तीन हजार, मसला बालीलाई दुई हजार ५ सय र फलफूल बाली लगाउने कृषक तथा कृषि समूहलाई प्रतिरोपनी दुई हजारका दरले रकम उपलब्ध गराउने बताएको छ । तर त्यस्ता परियोजनामा असङ्गठित क्षेत्रमा रोजगार गुमाएका किसान, विपन्न वर्ग तथा लकडाउनका बेला राहत पाएका किसानलाई पहिलो प्राथामिकता दिइने गाउँपालिकाले जनाएको छ ।

