
- Loading...
नेपाली चिया निर्यातमा अवरोध
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

भारतले नेपाली चिया निर्यातमा अवरोध गरेको छ । पछिल्लो समय विभिन्न कारण देखाउँदै नेपाली चिया सीमा पार गराउन रोकेको हो । लकडाउन अवधिमा दुवै देशका कृषि उपजको आयात–निर्यातमा अवरोध नगर्ने द्धिपक्षीय सहमती थियो । तर यतिबेला निकासी रोकिँदा २६ हजार चिया उत्पादक किसान मारमा परेका छन् ।


भर्खरै पहिलो फ्लसको चिया उत्पादन सकिएको छ । वार्षिक दुई करोड ४० लाख किलो सिटिसी र तीन लाख किलो अर्थोडक्स चिया उत्पादन हुने तथ्यांकलाई आधार मान्दा अहिले पहिलो फ्लसमा त्यसको करिब २५ प्रतिशत चिया उत्पादन हुने गरेको छ । हिमालय अर्थोडक्स टी प्रोड्युसर एसोसियसनका अध्यक्ष समेत रहनुभएका चिया व्यवसायी उदय चापागाईंले अहिले सिटिसी र अर्थोडक्स गरी ५० लाख किलोभन्दा बढी चिया उत्पादन भएको जानकारी दिनुभएको छ । नेपालमा उत्पादित चियामध्ये ८० प्रतिशत बजार भारत रहेको छ । तर निकासी रोकेसँगै अहिले बिक्री शून्य जस्तै भएको छ । तेस्रो मुलुक पुग्ने चिया पनि हवाई मार्ग र भारत हुँदै जाने दुवै बाटो बन्द हुँदा अर्थोडक्सको निकासी पनि रोकिएको छ । लकडाउन अवधिमा करिब १५ लाख किलो चिया उत्पादन हुने कच्चा पदार्थ निर्यात नभएपछि नष्ट भएको छ ।

