- Loading...
बाँके हिरमिनियाका किसानलाई मुल्यकै चिन्ता
- कृषि टि.भी.
- ३ साल अघि
- २६ पटक पढिएको

बाँकेको हिरमिनियामा उत्पादन भएको तरकारी खेतबाटै बिक्रि भएपनि किसानले उचित मूल्य पाएका छैन्न । लकडाउनका कारण किसानले बजारसम्म ढुवानी गर्न नसकेपछि खेतबाटै बिक्रि गर्न बाध्य भएका छन् ।


तरकारी खेतबाटै बिक्रि गरेपछि किसानहरुले आफ्नो लागत अनुसार तरकारीको मुल्य नपाएको डुडुवा गाँउपालिका वडा नं. ६ हिरमिनिया गाँउका किसान आशाराम खतिकले बताउनुभयो । लकडाउनले तरकारी आफैले बजारसम्म लग्ने सम्भावना नभएको र लगेपनि बिक्रि गर्न नसकेपछि कम मूल्यमा बिक्रि गर्नु परेको किसान खतिकको भनाई छ । प्रत्येक बर्ष १० कट्ठा जमिनमा भिन्डी खेती गरेर राम्रो आम्दानी गरेपनि यसबर्ष लगानी मात्रै निस्कने उहाँले बताउनुभयो । तरकारी राम्रो उत्पादन भएपनि लकडाउनले बिक्रि गर्न निकै सकस भएको सोही गाँउका किसान नरेश धोबीको पनि गुनासो छ । आफ्नो लगानी अनुसारको मुल्यमा बिक्रि गर्दा व्यापारीहरुले तरकारी नलिएपछि खेतबाट सस्तो मुल्यमा बिक्रि गर्न बाध्य भएको उहाँले बताउनुभयो । तर किसानबाट एक दिन किनेको तरकारी दुई तिन दिन लगाएर बिक्रि गर्नुपर्ने भएकाले किसानहरुले माग गरेको मूल्यमा तरकारी किन्न नसकेको तरकारी व्यापारी युवराज यादवले बताउनुभयो । लकडाउनले गर्दा तरकारी बिक्रिमा पनि असहज भएको व्यापारी यादवले भनाई छ । किसानबाट तरकारी गरी बजार ढुवानीमा प्रहरीले लखेट्ने र उपभोक्ताले पनि सस्तोमा तरकारीले खोज्दा आफुहरु पनि समस्यामा रहेको व्यापारी यादवले बताउनुभयो । बजार नजिकका किसानले तरकारीको लगानी अनुसारको मुल्य पाएपनि बजार क्षेत्र बाहिरका किसानहरुले तरकारी नबिम्ने समस्यामा अल्झेका छन । उनीहरुको तरकारी खेतबारीमै कुहिएपछि सस्तो मुल्यमा बिक्रि गर्न बाध्य भएकाका छन ।

