- Loading...
४० मुरी धान फलाउने किसानलाई १ लाख रुपैयाँ पुरस्कार
- कृषि टि.भी.
- ३ साल अघि
- २० पटक पढिएको

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले यसवर्ष ४० मुरी धान फलाउने किसानलाई एक लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । १५ वर्षअघिसम्म धान, मकै, आलु, सुन्तला, किवी, लिचीलगायत अनाज तथा फलफूल उत्पादन हुदै आएको थियो । तर स्थानीय जग्गा किनेर अर्कै ठाउँ बसाइँ सरेपछि अहिले पालिकाभित्रको खेतीयोग्य जमिन ५० प्रतिशत बाँझो रहेको छ ।


गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार उनीहरु बारीमा काम गर्न छाडेर शहर पसेका छन । त्यसयता गाउँमा कुटो कोदालो गर्ने जनशक्तिको अभाव हुदै आएको छ । यता संसारभर कोरोना भाइरसको लहर फैलिएसँगै नेपालका गाउँ पनि भरिन थालेका छन । एकातिर लकडाउनले सहर बन्द छ अर्कातिर रोग र भोकको चिन्ताले नागरिकहरू वर्षौंपहिले छाडेको गाउँ फर्किएका छन । मिक्लाजुङको गाउँगाउँमा पनि सहरबाट फर्किएकाहरूले गाउँ भरिएको छ । लकडाउन खुल्ने अनिश्चितता र खेतीपातीको सिजन सुरू हुने बेला भएकाले सहरबाट गएकाहरू बारीमा देखिन थालेका छन । गाउँपालिकाले कोरोना महामारीका बेला गाउँ फर्किएकाहरूलाई प्रोत्साहन गरी पालिकाभित्रको सबै जमिनबाट फसल भित्राउने योजना बनाएको छ । गत शुक्रबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले राम्रो उत्पादन गर्ने किसानलाई त्यस्तो पुरस्कार दिने निर्णय गरेको छ ।

