FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँझो जमिनमा खेती कार्यक्रम सुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • ७ पटक पढिएको
    Post Thumbnail

    कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बिहीबारदेखि १० वटै जिल्लामा बाँझो जमिन जोतेर खेती गर्ने कार्यक्रम सुरु गरेको हो ।

    हरेक महिनाको एक र १५ गतेलाई श्रम दिनका रुपमा मनाउँदै आएको प्रदेश सरकारले त्यसलाई अबदेखि कृषिमा केन्द्रित गर्ने बताएको छ । ठूलो भूगोल र कम जनसंख्या रहेको उक्त प्रदेश खाद्यान्नमा परनिर्भर छ । कोरोना संक्रमणकै कारण भइरहेको लकडाउनले काम गर्ने जनशक्ति भारतमै रोकिएपछि यसवर्ष खाद्य असुरक्षा अझ बढ्ने जानकारहरुले बताएका छन । खाद्य असुरक्षा कम गर्न स्थानीय उत्पादन बढाउन आवश्यक रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो । कर्णालीलाई खाद्य संकटबाट जोगाउन स्थानीय तहलाई समेत बाँझो जमिन खोज्न पत्राचार गरेको मन्त्री केशीले जानकारी दिनुभयो । मन्त्रालयले भेटेरिनरी अस्पताल र कृषि विकास कार्यालयमार्फत ८९ वटै स्थानीय तहमा एकसाथ अभियान सुरु गरेको छ । मन्त्रालयले बाँझो जमिनमा खेती गर्न स्थानीय तहलाई आवश्यक रकमका साथै मल, बीउ र बेर्ना निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित