FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मकैले मूल्य नपाएपछि सर्लाहीका किसान चिन्तित

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    आफूले उत्पादन गरेको मकैले मूल्य नपाएपछि सर्लाहीका किसान मारमा परेका छन् । फौजी किराको संक्रमण र हावाहुरीको संकटबाट जोगाउदै उत्पादन गरेको मकैले उचित मूल्य नपाएको किसानको गुनासो छ । अझ मकैको मूल्यमा लगातार आएको गिरावटका कारण किसान मर्कामा परेका हुन् ।

    अन्य वर्षको भन्दा यसवर्ष मकै उत्पादनमा लागत बढी परेपनि मकैको बिक्री मूल्य भने गतवर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म नउठ्ने स्थानीयको भनाई छ । पछिल्लो समय निरन्तर रुपमा भएको मुल्य गिरावटको चिन्ताले किसान पिरोलिन थालेका छन् । जिल्लाको बागमती र बरहथवा नगर क्षेत्रमा हाइब्रिड जातको मकै उत्पादन गर्ने सयौँ किसान रहेका छन् । तर सरकारले अन्य केही कृषि उपजको उत्पादन लागतलाई लिएर समर्थन मूल्य तोक्ने गरेपनि मकैको समर्थन मूल्य तोक्न सकेको छैन । राज्यले सामान्य समर्थन मूल्यसमेत नतोक्दा मकै खेती जुवा खेलेजस्तो बनेको स्थानीय किसानको गुनासो छ । सोही क्षेत्रका किसानले उन्नत जातको मकैखेती गरी वर्षमा तीन बालीसम्म भित्राउने गरेका छन् । १२ हजार हेक्टर क्षेत्रफलमा ६३ हजार ६ सय मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित