FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १८ पटक पढिएको
    Post Thumbnail

    प्रदेश ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैयाँ साउन मसान्तसम्म खर्च गर्ने सरकारको योजना छ ।

    कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैयाँ खर्च गरिने बताएको छ । यस्तै बेमौसमी आलु उत्पादन कार्यक्रमका लागि १ करोड २० लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । सोही कार्यक्रम गुल्मी, प्युठान, रुकुम र रोल्पामा सञ्चालन हुने र त्यसबाट ५ सय किसान लाभान्वित हुने भएका छन् । किसानले कम्तीमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गर्नुपर्ने र प्रतिरोपनी ६ हजार रुपैयाँका दरले अनुदान पाउने बताइएको छ । प्रदेश सरकारले व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमका लागि १४ करोड रुपैयाँ खर्च गर्ने पनि निर्णय गरेको छ । दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम जिल्लामा सञ्चालन हुने त्यस कार्यक्रममा कम्तीमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने तोकिएको छ । यता मल र बीउका लागि प्रतिरोपनी ५ हजार रुपैयाँका दरले अनुदान दिइने उक्त कार्यक्रमबाट ७ हजार परिवार लाभान्वित हुने प्रदेश सरकारले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित