- Loading...
कृषि उत्पादन वृद्धि र रोजगारी केन्द्रित सरकारको आगामी बजेट
- कृषि टि.भी.
- ३ साल अघि
- १९ पटक पढिएको

सरकारले कृषि उत्पादन वृद्धि र रोजगारीलाई केन्द्रित गरी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा निरोगी नेपाल कार्यक्रम कार्यान्वयन गर्न वडा देखिका स्वास्थ्य पूर्वाधारको स्तरोन्नति गरिने उल्लेख छ ।


सात सय ५३ स्थानीय तहमा दुई हजार दुई सय २६ वटा वडाको स्वास्थ्य सेवा अभिवृद्धि, भूगोल र जनसंख्या हेरी अस्पतालको स्तरोन्नतिका साथै स्वास्थ्य विपद् व्यवस्थापन तथा प्रतिकार्य गर्न संक्रामक रोग र सरुवा रोग अस्पतालको संख्या वृद्धि गरिने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम पनि आगामी आर्थिक वर्ष देशभर लागू गरिने बताएको छ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि बजेटले सम्बोधन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै कृषि तथा पशुपालनतर्फ उत्पादन वृद्धिका लागि सिँचाई, प्राविधिकको उपलब्धता, मल तथा बीउबिजन दिइने जनाएको छ । बजारीकरणको व्यवस्था, भण्डारणका लागि स्थानीय तहमा गोदामघर निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको बताइएको छ । स्वदेशमा रोजगारी संकुचित भइरहेको र विदेशबाट पनि रोजगारी गुमाएर फर्किनेहरूलाई मुलुकमा उद्यमशीलता र कामको उपलब्धताका लागि कृषि, उद्योग, निर्माण सामग्री, खानी तथा खनिज उत्खननको काम सिर्जना गरिने बताएको छ ।

