
- Loading...
अज्ञात रोगले करेलामा क्षति
- कृषि टि.भी.
- ३ साल अघि
- २४ पटक पढिएको

धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँट र आसपास क्षेत्रको करेलामा अज्ञात रोग लागेको छ । ७२ परिवार किसानले दुई सय ६ रोपनीमा गरेको करेला खेतीमा पहेँलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका छन । किसानले आफ्नो तर्फबाट गर्न सक्ने र एग्रोभेटले भित्राएका कडा विषादी प्रयोग गर्दा पनि रोकथाम भएका छैनन ।


त्यसयता गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई देखाएको आग्रा महेश संयुक्त कृषि फार्मका सञ्चालक केशव रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार टिप्ने बेला भएको तरकारी समेत लकडाउनले बारीमै कुहिएको छ, अर्कोतिर फूल फुल्ने बेला भएको करेलामा नयाँ रोग देखिएको छ । स्थानीय ६ युवाले सञ्चालन गरेको उक्त फार्ममा यसवर्ष २६ रोपनीमा करेला खेती गरिएको छ । गतवर्ष ३४ हजार किलो करेला बेच्दा १८ लाख आम्दानी भएको थियो । वार्षिक तीन लाखमा जग्गा भाडामा लिएर एक लाख लगानीमा करेला लगाएको फार्मका अध्यक्ष वतराज बिडारीले बताउनुभयो । तर बजारमा बिक्री गर्नुपर्ने बेला करेलाको झाल पहेँलो भएर मर्न थालेपछि लगानी नै डुब्ने किसानलाई चिन्ता बढेको छ । हरेक बोटबाट यतिखेर ५–६ किलो करेला उत्पादन हुनुपर्नेमा रोग लागेपछि उनीहरु चिन्तित भएका छन् ।

