FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वन विकास गर्न सरकारको नयाँ योजना

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    सरकारले वनजन्य उद्यम विकास तथा प्रवद्र्धनका लागि निजी क्षेत्रको लगानी आकर्षण गर्ने रणनीति लिएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ को सरकारको नीति तथा कार्यक्रममा वनजन्य उद्योगको विस्तार गरिने र त्यसमा नीति क्षेत्रको लगानी आकर्षण गर्ने उल्लेख गरिएको छ ।

    नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार हालसम्म ५ हजारभन्दा बढी वन उद्योगमा निजी क्षेत्रको करिब ८६ अर्ब रुपैयाँ लगानी रहेको छ । महासंघले पटक–पटक सरकारलाई वन उद्यम प्रवद्र्धनमा निजी लगानी आवश्यक रहेको बताउँदै आएको छ । तर सरकारले लगानीको सुरक्षित वातावरण तय गर्न नसकेको महासंघको गुनासो छ । अन्य क्षेत्रमा निजी लगानी बढ्ने क्रम रहेपनि वन क्षेत्रमा भने निजी लगानी कम रहेको भन्दै सरकारले निजी क्षेत्रलाई आकर्षित गर्न कसरत गरेको छ । वन क्षेत्रमा छिटो प्रतिफल नआउने, निजी वनको रुख काट्दा पनि झन्झटिलो कानुनी प्रावधान अपनाउनुपर्दा वन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र आकर्षित नदेखिएको हो । तर सरकारले वनजन्य उद्यममा निजी लगानी बढाउने नीति सार्वजनिक गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित