FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मुआब्जा वितरण गर्न जाजरकोटबासीको आग्रह

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरसका कारण देश लकडाउन भएपछि नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणको काम रोकिएको छ । तर जाजरकोटका स्थानीयले भने सामाजिक दुरी कायम गरी मुआब्जा वितरणको काम सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

    गतवर्षको साउनमा नेपाल सरकारबाट नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडलाई मुआव्जा वितरणका लागि प्राप्त २ अर्व ६३ करोड रकम विभिन्न वाहानामा रोकिएको भन्दै स्थानीयले जनताको रकम वितरणमा ढिलाइ गरेको बताएका छन् । आयोजना वाँध तथा सुरुङ निर्माण हुने वारेकोट गाउँपालिकाको प्रभावित क्षेत्रको ४ हजार ६ सय ५ दशमलव २ रोपनी जग्गा तीन हजार नौ सय ३३ कित्ताको रुपमा अधिग्रहणमा परि मुआब्जा वितरणको काम सुरु गर्नै लाग्दा लकडाउनको कारण रोकिएको नलगाड हाइड्रोपावरले जनाएको छ । सरकारले दिएको रकम कम्पनीको खातामा आएर ब्याज बढिरहेको भन्दै वारेकोटका स्थानीयले लकडाउनमा पनि सामाजिक दुरी कायम गरेर मुआब्जा वितरणको काम गरी जनतालाई सहयोग गर्न आग्रह गरेका हुन । उनीहरुले जनताको नाममा आएको पैसा लामो समय कम्पनीको खातामा रहेकाले अब त्यसलाई छिटो जनताको हातमा पार्नेतर्फ सवैले पहल गर्नुपर्ने बताएका छन । यस्तै वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले पनि लकडाउनको नाममा जनताको नाममा आएको पैसा उनीहरुलाई नै दिन सुझाव दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित