- Loading...
निकासी नहुँदा अदुवा गोदाममै रोकियो
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण डोटीका विभिन्न ठाउँमा संकलन गरिएको अदुवा गोदाममै थन्किएका छन । लामो समयदेखि लकडाउन भएका कारण संकलित अदुवा जिल्ला बाहिर निकासी हुन नसकेको अदुवा व्यापारीहरुले गुनासो गरेका छन् । लकडाउनकै कारण भारत निकासी गर्न समस्या भएपछि करोडौँ मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको गोदाममा राखिएको छ ।


व्यापारीहरुका अनुसार गाउँघरका किसानबाट संकलन गरिएको अदुवा निकासी तथा पैठारीमा बन्द भएपछि गोदाममै थन्किएको हो । व्यापारीले किसानबाट फागुनसम्म अदुवा संकलन गरी चैत महीनादेखि भारतका विभिन्न ठाउँमा निकासी गर्दै आएका थिए । तर लकडाउनका कारण निकासी गर्न नसक्दा गोदाममै थन्किएको बडिकेदार गाउँपालिका–१ का अदुवा व्यापारी खड्कबहादुर खत्रीको भनाई छ । उनीहरुका अनुसार संकलित अदुवा चैतदेखि जेठसम्म जिल्ला बाहिर निकासी गर्दै आएका हुन । यतिबेला गोदाममै थन्किएको सामान कुहिने डर भएको छ । व्यापारीले त्यहाँका गाउँ–गाउँबाट संकलन गरेको अदुवा महिनौँदेखि गोदाममै रहेका छन् । अदुवा निकासी ठप्प भएपछि आफुहरुको लाखौँ रकम गुम्ने डर बढेको उनीहरुको भनाई छ ।

