FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कास्कीको रुपा गाउँपालिका धानमा आत्मनिर्भर बन्दै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २६ पटक पढिएको
    Post Thumbnail

    कास्कीको रुपा गाउँपालिकाले धानको उत्पादकत्व वृद्धिसँगै खाद्यान्नमा आत्मनिर्भर बनाउन बीउ वितरण गरेको छ । उक्त गाउँपालिकामा सञ्चालन गरिएको ठूलीबेँसी धान ब्लक क्षेत्र अन्तर्गतका किसानलाई उन्नत जातको बिउ वितरण गरेको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ठूलीबेँसी धान पकेट क्षेत्र सञ्चालक समितिको समन्वय एवं कृषि ज्ञान केन्द्र स्याङ्जा सम्पर्क कार्यालय कास्कीको ५० प्रतिशत अनुदानमा रामधान जातको बीउ वितरण गरिएको छ । अन्य धानको तुलनामा छिटो पाक्ने र राम्रो उत्पादन दिने भएकाले ब्लक अन्तर्गतका ४७६ किसानलाई ५ हजार ६०० केजी बीउ वितरण गरिएको हो । सोही गाउँपालिका वडा नं १ र ७ का २४५ किसानलाई दुई हजार ८०० केजी तथा ३ र ४ का २३१ जना किसानलाई २३१ केजी धानको बीउ वितरण गरिएको ठूलीबेँसी धान ब्लक सञ्चालक समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । ब्लक अन्तर्गत दुई हजार रोपनीमा उक्त खेती भरहेको छ । कोरोना भाइरस सङ्क्रमण पैmलिन नदिन लागू गरिएको बन्दाबन्दीका बाबजुद पनि सामाजिक दूरी कायम गरी किसानलाई धानको बीउ वितरण गरिएको समितिले जनाएको छ । समितिका अध्यक्ष श्रेष्ठका अनुसार पहिलोपटक वितरण गरिएको नयाँ धानको बीउबाट उत्पादनमा वृद्धि भई किसानको आयआर्जनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित