FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कौसी खेती प्रवद्र्धन गर्न सरकारको नीति तथा कार्यक्रममा जोड

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रवद्र्धन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उक्त विषय समेटिएको छ । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ ।

    देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला विशेषतः सहरी क्षेत्रमा प्रचलित उक्त नीतिले अर्थतन्त्रमा कति योगदान देला भन्न्ने अध्ययन हुन बाँकी छ । विगत केही वर्षदेखि राजधानी लगायतका सहरी क्षेत्रमा त्यसले निकै चर्चा पाएको छ । विश्वव्यापी महामारीका कारण सिर्जना भएको अहिलेको वातावरणमा सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि घरमा समय कटाउने र खाँचो टार्ने नयाँ विकल्प ठम्याएको छ । दुई महिनायता जारी बन्दाबन्दीको समयमा फुर्सदिला भएका उपत्यकावासी मध्ये कतिपयले घरको कौसीमा खेती गरिरहेका छन् । समय बिताउन पनि सहज हुने र कौसीमा फलेका तरकारीले छाक टर्ने भएकाले उक्त खेतीतर्फ आकर्षण बढेको हो । धेरैले कौसीमा फर्सी, करेला, काँक्रा, रायोको साग, विभिन्न प्रजातिका सिमीसहित बोडी, स्विस साग लगायतका तरकारी लगाउने गरेको पाइएको छ । यस्ता तरकारी कतिपय फल्न थालेका छन् भने साग जातका तरकारी खान तयार भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित