FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मकै बालीमा फट्याङ्ग्राको प्रकोप

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    बर्दियामा किसानले लगाएको वसन्ते मकै बालीमा फट्याङ्ग्राको प्रकोपले क्षति पुर्याएको छ । अधिकांश ठाउँका मकै बालीमा फट्याङ्ग्राले पात खाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बर्दियामा तीन हजार नौ सय हेक्टरमा वसन्ते मकै खेती गरिएको छ ।

    लकडाउनका कारण औषधि नपाउँदा फट्याङ्ग्राको प्रकोप नियन्त्रण गर्न समस्या परेको छ । लकडाउनको कारण देखाउँदै कृषि प्राविधिकहरु कार्यालय जान छाडेका छन । लकडाउनकै कारण किसानको बारीसम्म पनि जान सक्ने अवस्थामा नरहेको बारबर्दिया, कृषि शाखाका नायब प्राविधिक सहायक राजेश वलीले जानकारी दिनुभयो । प्राविधिक सहायक वलीका अनुसार मकैको घोगा लागेको बेला फट्याङ्ग्राले बोटका सबै पात खाइदिएको छ । अहिले किसानहरुको समूह बनाएर फेसबुक पेजमार्फत कृषिका समस्याबारे जानकारी दिने गरिएको प्राविधिक सहायक वलीले बताउनुभयो । बारबर्दिया– ५ जब्दहुवाका रमेशकुमार थारुले मात्र यसवर्ष १० कठ्ठामा मकै खेती गरेका छन् । यस्तै मधुवन नगरपालिका वडा नं २ का विभिन्न क्षेत्रमा पनि फटेङ्ग्राले क्षति पुर्याएकाले किसानलाई विषादी छर्न सुझाव दिएपनि एग्रोभेट नखुलेका कारण समस्या भएको छ । फटेङ्ग्राले मकैको सबै पात खाइदिएपछि उत्पादनमा ६० देखि ७० प्रतिशतसम्म घट्ने निश्चित रहेको मधुवन नगरपालिका कृषि शाखाका प्राविधिक सहायक एकराज वलीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित