FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गत चैत महिनामा उपभोक्ता मुल्यबृद्धि ६.७४ प्रतिशतले बृद्धि

    • कृषि टि.भी.
    • २ साल अघि
    • ९ पटक पढिएको
    Post Thumbnail

    चालु आर्थिक वर्षको चैत महिनामा उपभोक्ता मुल्यबृद्धि ६ दशमलव ७४ प्रतिशतले बढेको छ । गतवर्ष चैतको मुल्यवृद्धि ४ दशमलव ४४ प्रतिशत मात्र रहेको थियो । यसवर्षको नौ महिना सम्मको औषत मुल्यवृद्धि नै ६ दशमलव ५३ प्रतिशत पुगेको छ ।

    राष्ट बैंकका अनुसार चैत महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुल्यवृद्धि ९ दशमलव ६८ प्रतिशत र गैह्रखाद्य तथा सेवा समूहको ४ दशमलव ४८ प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैह्रखाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको पनि मूल्यमा केही प्रतिशत बढेको छ । यस्तै चैतमा सबैभन्दा बढी महंगी काठमाडौं उपत्यकामा ७ दशमलव १९ प्रतिशत छ भने तराईमा ७ दशमलव ०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमाली क्षेत्रमा ४.८३ प्रतिशत रहेको छ । राष्ट बैंकका अनुसार चैतमा आयात ७.५ प्रतिशतले घटेको छ भने निर्यात १२.९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा ७८ अर्ब ८२ करोड बराबरका वस्तु निर्यात भएका छन् । उक्त तथ्यांक गतवर्षभन्दा १२.९ प्रतिशतले बढी देखिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित