- Loading...
धानखेती गर्नेलाई पाँच हजार रुपैयाँ अनुदान
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।


खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । अध्यक्ष सुवेदीका अनुसार गाउँघरमा खेतीयोग्य जमीन बाँझो राखी युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन् । उक्त परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्न त्यस्तो जमीनमा खेती गर्ने किसानका लागि अनुदान दिने योजना ल्याएको गाउँपालिकाले बताएको छ । आफ्नै जग्गामा धान र कोदोखेती गर्ने किसानलाई प्रतिरोपनी दुई हजार र भाडामा लिएर धानखेती गर्नेलाई पाँच हजार रुपैयाँ अनुदान दिने भएको छ । यता दलहन वा तरकारी खेती गर्ने किसानलाई प्रतिरोपनी दुई हजार ५ सय रुपैयाँका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।

