FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पुष्प व्यवसायमा दैनिक १ करोड रुपैयाँ भन्दा बढी नोक्सानी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपछि पुष्प व्यवसाय प्रभावित भएको छ । बजार पूर्ण रुपमा बन्द भएपछि औपचारिक कार्यक्रम पनि भएका छैनन् । त्यसयता फूलको माग शून्य जस्तै भएको छ । माग नभएपछि अहिले त्यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँ भन्दा बढी नोक्सानी भएको बताइएको छ ।

    यता सरकारले जारी गरेको लकडाउनको अवधि झण्डै दुई महिना पुगेको छ । लामो समय लकडाउन हुँदा उद्योग व्यवसाय ठप्प भएका छन् । पर्यटन तथा उत्पादनसहित सेवा क्षेत्र र कृषि क्षेत्र सबै बन्द रहेका छन् । कृषि क्षेत्रमध्ये पुष्प व्यवसायमा सबैभन्दा बढी असर परेको छ । दुई महिनायता फूल बिक्री नभएको पुष्प व्यवसायीहरुले बताएका छन् । बजारमा फूलको माग नै नभएपछि दैनिक ठुलो मुल्यमा नोक्सानी भइराखेको फ्ल्लोरिकल्चर एसोसिएसन नेपालका अधिकारीहरुले बताएका छन । उनीहरुका अनुसार कोरोनाको असर देखिन थालेदेखि औपचारिक कार्यक्रम नहुँदा गत फागुन महिनादेखि नै फूलको माग घटेको छ । किसानहरुले भने भ्रमण वर्ष २०२० लाई लक्षित गरी यसवर्ष फूलको उत्पादन बढाउन लगानी वृद्धि गरेको थियो । तर उत्पादित फुलले बजार नपाउँदा सबै उत्पादन खेर गइरहेको छ । पुष्प व्यवसायीहरुका अनुसार ३ महिनाको उत्पादन पूर्णरुपमा क्षति भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित