- Loading...
विदेशबाट फर्किएका युवालाई पाल्पाको रम्भा गाउँपालिकाले विना धितो ऋण दिने
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

कोरोना भाइरसकै कारण विदेशबाट स्वदेश फर्किएका युवालाई पाल्पाको रम्भा गाउँपालिकाले विना धितो ऋण उपलब्ध गराउने भएको छ । विदेशमा रहेका पालिकाभित्रका युवाहरुलाई लक्षित गरी आउँदो नीति तथा कार्यक्रममा व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ ।


पालिकाभित्रका सहकारी संस्थामार्फत गाउँपालिकाले ५ करोड रुपैयाँसम्म ४ प्रतिशत व्याजमा युवालाई विनाधितो प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ । उक्त गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार अहिले विदेशबाट गाउँ फर्किएका युवालाई कृषि, पशुपालन तथा विभिन्न किसिमका घरेलु तथा साना उधोग संचालनमा लगानी गर्ने जनाएको छ । स्थानीय कृिष उत्पादनमा बृद्धि तथा साना उद्योग सञ्चालनमा पुँजी अभाव हुन नदिन रम्भादेवी साना किसान कृषि सहकारी संस्थामार्फत गाउँपालिकाले अभियान सुरु गरेको हो । कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न अहिले गाउँपालिकामार्फत सहकारीमा एक सय बढी युवाहरुको निवेदन परेको छ । यता ऋणको लागि निवेदन दिएका युवाहरुको घरैमा पुगी गाउँपालिका र सहकारीले कार्ययोजना अनुसारको कृषि तथा पशुपालनको अवस्थाबारे अवलोकन गर्न थालेका छन । उनीहरुको क्षमता मूल्याङकन, पूर्वाधार तथा कार्ययोजनाको आधारमा गाउँपालिकाको सिफारिसमा सहकारीले युवालाई विना धितो ऋण प्रदान गर्ने सहकारीका अध्यक्ष कृष्णप्रसाद पाठकको भनाई छ ।

