FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दैनिक ३ क्वीन्टल च्याउ कुहेर जाँदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    अहिले विश्व कोरोना भाईरसको माहामारीको सिकारमा परेको छ । देश लकडाउनका कारण अर्थतन्त्रमा समेत धक्का परेको छ । यता कृषि क्षेत्रलाई अपनाएर जिवन निर्वाह गरिरहेका सबैजसो किसानलाई अहिले लकडाउनकै कारण त्यस क्षेत्रबाट पलायन हुने अवस्था आएको छ ।

    सुनसरीको इनरुवा नगरपालिका ८ नम्बर वडाका स्थानीय रामचन्द्र महतोले २०६७ सालमा ५० हजारको लगानीबाट च्याउ खेती सुरु गरेको हो । १५ कठ्ठा जग्गा लिजमा र ५ कठ्ठा जग्गा आफ्नो गरि १ बिगाहा क्षेत्रफलमा १५ वटा टहरा निर्माण गरि २५ हजार सिलिण्डर राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना च्याउ पकेट कार्यक्रम अन्र्तगत रहेर उत्पादन गर्दै आएको जानकारी दिनुभयो । यसअघि दैनिक २ देखि ३ क्वीन्टलसम्म उत्पादन गरी इनरुवा, झुम्का, इटहरी, धरान, विराटनगर र गाईघाटसम्म पु¥याउदैं आएको थियो । तर लकडाउनको समयमा उत्पादन भएको च्याउ बजारसम्म पु¥याउन नसक्दाँ गाउँघरमै बाँड्न बाध्य भएका छन । राष्ट्रिय बाणिज्य बैंकबाट १३, ग्लोबल आइएमई लि.बैंकबाट ६, लघुवित्त र आफ्नो गरि जम्मा ३२ लाखको लगानीमा उक्त फार्म संचालनमा रहेको किसान महतोले बताउनुभयो । च्याउ खेती गरेर घरपरिवार पालनपोषण गर्दै आएको र दैनिकी ज्यालादारीमा ८जना कर्मचारी समेत बेरोजगार भएको उहाँको भनाई छ । कृषिमै आत्मनिर्भर बनेका किसानलाई यतिबेला आगामी दिनमा कसरी व्यवसाय चलाउने भन्ने चिन्ताले सताएको छ । किसान महतोजस्ता ऋणबाट व्यवसाय गरेका अधिकांश उद्यमीलाई आगामी दिनमा लगानी जुटाउन चुनौती थपिएको छ । त्यस्ता समस्यामा नेपाल सरकार र कृषि क्षेत्रका सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित