FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वर्षेनी मकै उत्पादनमा कमी

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    आगामी वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको छ । तर प्रत्येक वर्ष आत्मनिर्भर हुने भनेर घोषणा गर्ने सरकारले कुन बालीमा आत्मनिर्भर भयो भनेर घोषणा भने कहिलै गरेका छैनन ।

    नेपाल कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै सरकारले नीति तथा कार्यक्रममा घोषण गर्ने परानै चलन भएको छ । गएको १० वर्षयता प्रत्येक वर्ष कृषि उत्पादन बढाएर आत्मनिर्भर बनाउने योजना आफ्ना कार्यक्रममा राख्दै आएको छ । सरकारी तथ्यांकहरुले आत्मनिर्भर भइसकेको अन्नको आयात भने वर्षेनी बढिरहेको छ । पछिल्लो वर्षमा नेपालमा मकै उत्पादनमा निकै सफल भएको सरकारी अधिकारीले बताउँदै आएका छन । गतवर्ष नेपालमा ९ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीबाट २६ लाख ४४ हजार टन उत्पादन भएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरका प्रमुख केशवबाबु कोइरालाले जानकारी दिनुभयो । उहाका अनुसार पर्याप्त सिचाइँ नभएको तथा भिरालो जमिनमा पनि उत्पादन हुने गरेको छ । तर नेपालमा उत्पादन हुने मकै सरकारकै तथ्यांक अनुसार नेपालको माग अनुसार अपुग देखिएको छ । केन्द्रीय तथ्यांक विभागको पछिल्लो घरपरिवार सर्वेक्षण अनुसार नेपालमा प्रतिव्यक्ति सरदर २० किलो मकै आबश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित