FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाँकेका किसानलाई फौजी किराको प्रकोप

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    लकडाउनको मारमा परेका किसानहरुलाई फौजी किराले सताएको छ । बजार पसल नखुलेका कारण स्थानीयलाई किट्नाशक विषादी अभाव भएको छ । किसानहरुले लगाएको तरकारी तथा हिउँदे र बसन्ते मकै जोगाउन सकस परेको छ ।

    कोरोनाकै कारण मुलुकभर मानवीय क्षति भैरहेको बेला ग्रामीण वस्तीहरुमा कृषिउपज जोगाउन समस्या भएको बाँकेको डुडुवा गाँउपालिका वडा नं. ६ का किसान जयपाल मौरियाले बताउनुभयो । महिनौदेखि मेहनत गरेर उत्पादन गरेको मकै बालीमा फौजि किराले सखाप पारेको छ । सोही वडाका किसान नर अहमदका अनुसार यसबर्ष भन्दा पहिले यस्तो समस्या आएको थिएन । गतवर्ष धानमा देखिएको उक्त किराको प्रकोप अहिले मकैमा देखिन थालेको छ । लकडाउन भएयता किसानहरुले कृषि ज्ञान केन्द्रका प्राविधिकहरुसँग त्यस प्रकोप बारेमा फोनमार्फत सल्लाह लिने र त्यसअनुसार औषधी प्रयोग गर्दै आएको ज्ञान केन्द्र बाँकेका प्रमुख सगर ढकालले बताउनुभयो । मकैमा विषादी प्रयोग गर्ने विषयमा पनि कृषि ज्ञान केन्द्रको अधिकारीक फेसबुकमा भिडियो राखेको प्रमुख ढकालले जानकारी दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित