FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धान रोप्ने समय नजिकिँदै गर्दा रासयनिक मलको समस्या

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    मुख्य बालीको रुपमा रहेको धान रोप्ने समय नजिकिँदै गर्दा रासायनिक मलको समस्या देखिन थालेको छ । मुलुकभर करिब १५ लाख हेक्टरमा धान खेती गरिदै आएको छ । त्यही समयमा साढे नौ लाख हेक्टरमा मकै खेती समेत हुने भएकाले मलको चरम अभाव देखिएको हो ।

    अहिले कृषि सामाग्री केन्द्रसँग १५ हजार ६ सय टन युरिया, १८ हजार टन डिएपी र ४ हजार ३ सय टन पोटास मौज्दात रहेको केन्द्रका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ५० हजार टन युरिया र २४ हजार ५ सय डिएपीको लाागि प्रतीतपत्र खोलेको भएपनि आउन अझै कम्तीमा २ महिना लाग्ने भएको छ । यता खरिद भएको मल पनि भारतको कलकत्तामै थन्किएर रहेको केन्द्रले जनाएको छ । कोरोना माहामारीका कारण किसानले माग गरेपनि समयमै आयात गर्ने अवस्था नभएको सोही केन्द्रका अधिकारीहरुले बताएका छन । विश्वनै लकडाउन भएको अवस्थामा मल समयमै आउन नसकेको उनीहरुको तर्क छ । यता किसानहरु भने धान रोप्ने समयमा मल नपाएको भन्दै छट्पटिएका छन । तर कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने असारसम्मका लागि अहिलेकै मौज्दातले पुग्ने दाबी गर्नुभएको छ । असारपछि भदौमा बढी आवश्यक पर्ने भएकाले त्यस बेलासम्ममा आयात भइसक्ने मन्त्रालयले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित