FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • यसवर्ष यार्सा संकलनमा प्रतिबन्ध, विपन्न परिवारको जीविकोपार्जनमा समस्या

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २० पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरसको जोखिम र लकडाउनका कारण यार्सा संकलनमा प्रतिबन्ध लगाइएपछि विपन्न परिवारको जीविकोपार्जनमा समस्या देखिएको छ । रुकुमपूर्व र डोल्पाका स्थानीयको आय आर्जनको मुख्य स्रोत नै यार्सा संकलन रहेको बताइएको छ । यसवर्ष यार्सा टिप्न नपाइएपछि सोही क्षेत्रका स्थानीयलाई परिवार पाल्ने चिन्ताले सताएको छ ।

    रुकुमपूर्व मैकोटका स्थानीयले २० वर्ष अघिदेखि यार्सा टिपेरै परिवारको वार्षिक खर्च टार्दै आएको उनीहरुले बताएका छन । स्थानीय किसान सुविन्द्र पुनका अनुसार उक्त क्षेत्र भिरालो र सिंचाई नहुँने क्षेत्र भएकाले गाउँमा अन्न उत्पादन न्यून हुने गरेको छ । कोरोना भाइरसको जोखिमका कारण डोल्पा र रुकुम पूर्वमा रहेका जिल्ला विपद व्यवस्थापन समितिले यसवर्ष भने पाटन खुला नगर्ने निर्णय गरेका छन् । रुकुम पूर्वका हुकाम, मैकोट, पेल्मा, तकसेरा, काडा, कोललगायतका गाउँका करिब सात सय परिवारको मुख्य कमाई पनि यार्सा संकलन तथा बिक्री रहेको छ । यार्साको भरमा बाँचेका विपन्न परिवारलाई यसवर्ष जीविकोपार्जनको चिन्ताले सताएको हुकामका रामकृष्ण झाँक्रीको भनाई छ । यता जिल्ला प्रशासनले यार्सा प्रतिबन्धको निर्णय गरेपछि पाटन आसपासका क्षेत्र सुनसान भएका छन् । पाटन नखुलेपछि ठेकेदार र होटेल व्यवसायीसमेत समस्यामा परेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित