FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चिया खेती विस्तारमा जुट्दै घलेगाउँबासी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २७ पटक पढिएको
    Post Thumbnail

    होम स्टेको गन्तव्य बनेको लमजुङको घलेगाउँका बासिन्दा कोरोना संक्रमणको त्रासपछि फुर्सदिलो बनेका छन । अरू वेला गाउँमा आउने पर्यटकलाई सेवा गर्दै व्यस्त हुने उनीहरू लकडाउन सुरु भएसँगै फुर्सदिलो भएका हुन । तर त्यही मौका छोपी उनीहरूले घलेगाउँ वरपर लगाएको चियाको बगानलाई फैलाउने योजनामा जुटेका छन् ।

    क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको घलेगाउँका बासिन्दा लकडाउनको समयमा चिया बगानको गोडमेलसँगै त्यसको विस्तारमा होमिएका छन् । घलेगाउँका युवायुवती, वृद्धवृद्धासहित सबैजना अहिले चिया बगानको सरसफाई, गोडमेल र खेती विस्तारमा जुटेको स्थानीय भारती घलेको भनाई छ । पर्यटन व्यवस्थापन समिति घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार गाउँका १ सय २० घरधुरीका किसान खेती विस्तारमा लागेका हुन । घलेगाउँका स्थानीयले करिब तीन सय रोपनी जग्गामा चियाखेती गर्दै आएका छन् । यता पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले पनि १६ रोपनी जग्गामा चियाखेती विस्तार गर्न लागेको जानकारी दिनुभयो । उहाँले नयाँ आठ हजार बिरुवा रोप्ने तयारी गरेसँगै त्यसका लागि बेर्ना गाउँमै तयार पारिएको छ । उनीहरुले गाउँमा चिया प्रशोधन गर्ने मेसिनसमेत ल्याउने तयारी गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित