- Loading...
खेत बाँझो राख्नेलाई जरिवाना
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

चित्तवनको माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय अनुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा एक हजार जरिबाना गर्ने जनाएको छ ।


कृषि शाखाले सूचना प्रकाशन गरी जग्गा खाली राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका किसानका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने जनाएको छ । युवाहरुलाई बेरोजगार हुन नदिन खेतीयोग्य बाँझो जमीन उपयोग गर्ने माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताउनुभयो । उनीहरुलाई खेती गर्न नगरपालिकाले अनुदानको व्यवस्था समेत गरेको छ । त्यस अन्तर्गत माछापालन पकेट क्षेत्रका रुपमा रहेको माडी नगरपालिकामा सोही व्यवसायका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ अनुदानको व्यवस्था गरेको बताइएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार मूलबालीलाई प्राथमिक्ता दिएको छ । साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै त्यस्ता जग्गा भेटिए कारबाही गर्ने बताएको छ । पछिल्लो समय जग्गा किनेर खाली छाड्ने परम्पराले जग्गा बाँझो रहने गरेको छ ।

