FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ललितपुरमा कालीमाटी,बल्खु र बानेश्वरका फलफूल तथा तरकारी आयातमा निषेध

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    ललितपुरको गोदावरी नगरपालिका क्षेत्रमा कालीमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।

    नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी सूचनामा त्यस्ता ठाउँबाट आउने फलफूल तथा तरकारी ल्याई व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडा भन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ । सोही सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्रीका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा आग्रह गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित