FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोना महामारीको चपेटामा डेरी र पोल्ट्री क्षेत्र

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    कोरोना भाइरस महामारीका कारण प्रत्यक्ष असर परेको मुलुकको दुई क्षेत्रले राहत प्याकेज नपाएको गुनासो गरेका छन । डेरी र पोल्ट्री क्षेत्रले सरकारी निकायबाट हालसम्म कुनै पनि सहयोग नपाएको बताएका छन । महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण कृषिको उक्त दुई क्षेत्रमा अत्यधिक नोक्सानी भएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राहतको प्याकेज उपलब्ध गराउने आश्वासन दिएपनि अहिलेसम्म नपाएको गुनासो गरेका छन । चैत ११ गतेदेखि सुरु भएको लकडाउनले २ महिना कटाइसकेको छ । यता नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल पोल्ट्री महासंघ, ह्याचरी उद्योग संघलगायतले राज्यले तत्कालै राहत प्याकेज उपलब्ध नगराए आफूहरूको उद्योग पूर्ण रूपमा धराशयी हुने बताएको छ । धराशयीको अन्तिम चरणमा पुगेको उद्योगलाई पुनः सुचारु हुन कम्तीमा दुई वर्ष लाग्ने उद्योगीहरुले बताएका छन् । त्यस्ता उद्योग धराशयी भए लाखौं किसान र सर्वसाधारणको आम्दानी गुम्नुका साथै आत्मनिर्भर भएको क्षेत्र परनिर्भर हुने जानकारहरुले बताएका छन । यस्तै दुरगामी रूपमा त्यसले खाद्य सुरक्षामा गम्भिर रूपमा असर पु‍र्याउने नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रको भनाई छ । लकडाउनको अवधि थपिएसँगै त्यस्ता क्षेत्रमा हुने क्षति दैनिक रूपमा बढ्दो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित