- Loading...
वर्षौंदेखि बाँझिएको जमिनमा पुनः खेती
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

गुल्मीका किसानहरूले वर्षौंदेखि बाँझिएको जमिनमा पुनः खेती गर्न थालेका छन् । लकडाउनले फुर्सद भएपछि ग्रामीण भेकमा किसानहरूले बाँझो छाडेको जग्गामा खेती गर्न थालेका हुन् । रेसुङ्गा नगरपालिका ४ सेउघामा ५ जना युवाहरुको समूहले बाँझो रहेको तीन सय रोपनी खेतीयोग्य जमिनमा कागती लगाउँन थालेका छन् । स्थानीय नरेन्द्र थापा, टीका थापा, उमाशंकर पन्थी, झबी पाण्डेय, भेषराज पन्थी र श्याम क्षेत्रीले बाँझो जमिनमा कागती खेती सुरु गर्नुभएको हो ।


गाउँमा खेती लगाउने समयमा दक्ष जनशक्तिको अभाव, स्थानीय युवा विदेश पलायन हुने र कतिपय व्यक्ति अन्य पेसा व्यवसायमा लाग्दा लामो समयदेखि जमिन बाँझिन थालेको छ । खेतीयोग्य जमिनमा उत्पादन गर्न छाडेसँगै वनमारा, उत्तिसलगायत विभिन्न प्रजातिका वनस्पति उम्रिएर झाडी बनेका छन । त्यस्ता बाँझो जमिनमा अहिले उनीहरुले कागती लगाउन खाडल खन्ने काम भैरहेको छ । बाँझो खेतमा खेती गर्न थालेपछि खाडल खन्ने काममा स्थानीय केही युवाहरूले रोजगारीसमेत पाएका छन् । १० वर्ष पहिले धान खेती हुँदै आएको खेतमा अहिले उम्रिएका विभिन्न रुखका बोटहरू काटेर कागती खेती अभियान सुरु गरेको स्थानीयले बताएका छन । बाँझो रहेको ८० रोपनी जमिनमा यसवर्ष १२ सय कागतीका बिरुवा लगाइने भएको छ ।

