FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिजन्य उद्योग स्थापना गर्ने सरकारको योजना

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २१ पटक पढिएको
    Post Thumbnail

    कृषि उत्पादन तथा बजारीकरणका लागि सरकारले कृषिजन्य उद्योग स्थापना गर्ने भएको छ । आउँदो आर्थिक वर्षमा कृषिजन्य उद्योगमा विशेष प्राथमिकता दिने गरी बजेट विनियोजन गर्ने सरकारको तयारी छ ।

    कृषि उत्पादन, बजारीकरण र प्रशोधन क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गर्ने र अन्तर मन्त्रालय समन्वय गरी कृषिजन्य उद्योग सञ्चालन गर्ने सरकारले योजना बनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि र उद्यमसँग जोडेर आकर्षक प्याकेज ल्याउने सरकारले योजना अघि सारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उत्पादन र कृषिजन्य उद्योगमा उच्च प्राथमिकता दिने योजना अघि सारेका छन् । कृषिमन्त्री घनश्याम भुसालले दुई वर्षभित्र कृषिमा आत्मनिर्भर हुने योजना अघि सारेको कृषि मन्त्रालयले जनाएको छ । तर कृषिसहित स्वदेशमै उत्पादन हुनसक्ने अधिकांश क्षेत्रमा उत्पादन नहुँदा दुई खर्ब भन्दा बढीको कृषि उपज आयात भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित