FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुन्तला र कागतीका बिरुवाबाट लाखौं रकम आम्दानी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३० पटक पढिएको
    Post Thumbnail

    म्याग्दीका किसानले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं रकम आम्दानी गरेका छन् । सुन्तला र कागतीका बिरुवाको किनबेच फस्टाउँदै गएकाले स्थानीयको आम्दानीमा बृद्धि भएको छ । अन्नपूर्ण गाउँपालिका—२ दानाको फगाम गाउँका जोगबहादुर विकले माध बिरुवा बेचेर वार्षिक १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

    सोही गाउँको अर्का स्थानीय दिलमाया पुनले पनि विरुवा बिक्रीबाटै वार्षिक चार लाखसम्म कमाउने गर्नुभएको छ । उनीहरुको गाउँमा कुनै जागिर कृषिबाटै भएको आम्दानीले शहर बजारमा घरघडेरी समेत किनि सक्नुभएको छ । फगाम गाउँका जोगबहादुर र दिलमाया गाउँमै बसेर गरेको कृषि उद्यमले उनीहरु सफल किसानका रुपमा उदाहरण बनेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउनमा कैयौँ मानिस काम नपाएर छटपटिइरहेका छन् । तर अन्नपूर्णस्थित फगाम गाउँका स्थानीय भने नर्सरीमा सुन्तला र कागतीका बिरुवा हुर्काउन र बिक्री गर्न व्यस्त छन् । फगामका अधिकांश किसानले आफ्नो बारीमा नर्सरी स्थापना गरी वार्षिक लाखौँ आम्दानी गर्दै आएका हुन् । करिब ७० घरधुरी रहेको फगाममा सुन्तला र कागती राम्रो हुने भएकाले किसानले बिरुवा बेचेर राम्रो आम्दानी गर्न सफल भएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित